लेख विवरण

क्रिकेट इतिहासमा पहिलो पटक बन्यो १ बलमा १८ रन

क्रिकेट इतिहासमा पहिलो पटक बन्यो १ बलमा १८ रन

काठमाडौंँ । क्रिकेटमा तपाईंले एक बलमा ४ वा ६ रन बनेको देख्नु भएको छ होला । तर कहिल्यै १ बलमा १८ रन बनेको देख्नुभएको छ ? छैन भने एक भारतीय खेलाडीले यो लाजमर्दो रेकर्ड बनाएका छन् । तमिलनाडु प्रिमियर लिग (टीएनपीएल २०२३)को एक खेलमा ती खेलाडीले १ बलमा १८ रन खर्चेर विश्व किर्तिमाननै बनाए ।

टीएनपीएलमा चेपौक सुपर गिलिज र सलेम स्पार्टन्स बीच भएकोको खेलको अन्तिम ओभरमा यो लज्जास्पद कीर्तिमान बन्यो। चेपौक सुपर गिलीज विरुद्ध सलेम सपोर्टका बलर अभिषेक तन्वरले १ बलमा १८ रन खर्चे । खेलमा अभिषेकले आफ्नो पहिलो ३ ओभरमा मात्र १८ रन खर्चेका थिए तर खेलको अन्तिम ओभरमा यस्तो भयो जुन उनले सधैं सम्झिरहनेछन् ।

अभिषेक सलेम सपोर्टर्स टोलीका कप्तान पनि हुन् । पहिलो ३ ओभरको प्रदर्शन देखेर उनले आफैं खेलको अन्तिम ओभर गर्ने निर्णय गरे । इनिङ्सको अन्तिम बलमा चेपाक टोलीका खेलाडी सञ्जय यादवलाई अभिषेकले क्लिन बोल्ड गरे तर यो बल नो बल भयो । अर्को बल फ्री हिट थियो, जसमा ब्याट्सम्यानले छक्का प्रहार गरे। यो बल पनि नो बल भयो । यस्तो अवस्थामा अर्को बलमा २ रन बन्यो । तर यो बल पनि उनले नो बल गरे, त्यसपछि वाइड बल गरे । खेलको अन्तिम बलमा फेरि ब्याट्सम्यानले छक्का प्रहार गरे । यसरी अन्तिम बलमा कुल १८ रन बन्यो । यो क्रिकेट इतिहासकै सबैभन्दा महँगो अन्तिम बल बन्यो ।

चेपाक सुपर गिलिज र सलेम स्पार्टन्सबीचको खेलमा चेपाकले पहिले ब्याटिङ गर्दै ५ विकेट गुमाएर २१७ रन बनाएको थियो । लक्ष्य पछ्याएको सलेम सपोर्टर्सको टोलीले ९ विकेट गुमाएर १६५ रन मात्रै बनायो । र चेपौकको टोलीले ५२ रनले जित हातपार्न सफल भयो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.