क्रिकेट टोली भारत जाने
काठमाडौंँ । नेपाल र भारतबीच हुने फरक क्षमता भएकाको टी– २० क्रिकेटका लागि १५ पुरुष खेलाडी सहित १८ स्दस्यीय नेपाली टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
खेलाडीहरुमा सन्तोष भण्डारी (कप्तान), प्रदीप रिजाल (उपकप्तान), डम्बरबहादुर मगर, रामबहादुर कुँवर, बालकृष्ण गिरी, इन्द्रसिंह डिसी, हेमबहादुर गुरुङ, छवी धोबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुञ्जबिहारी चौधरी, तब्रेज अन्सारी, कृष्नन्दन कुमार र खुशलाल मिया रहेका छन् ।
प्रशिक्षकमा सुवास लुइटेल, व्यवस्थापकमा अन्जना मास्के र अफिसियलमा ह्वीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम शेर्पा छन् । नेपालले भारतसँग फागुन १९, २० र २१ गते खेल्ने छ ।

टिप्पणी लेख्नुहोस्