क्लब तथा संघसंस्थाले क्रिकेट प्रतियोगिता आयोजना गर्दा स्वीकृती लिनुपर्ने
काठमाडौं । क्लब तथा संघसंस्थाले क्रिकेट प्रतियोगिताहरु आयोजना गर्दा सम्बन्धित जिल्ला, प्रदेश वा केन्द्रसँग स्वीकृत लिनुपर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानले आज जारी गरेको बिज्ञप्तीमा कुनैपनि क्लब वा संघसंस्थाले राष्ट्रियस्तरिय, प्रदेशस्तरिय वा जिल्लास्तरिय क्रिकेट प्रतियोगिता आयोजना गर्दा अनिवार्य रुपमा स्वीकृती लिनुपर्ने उल्लेख गरिएको छ ।
क्यानले सम्पूर्ण प्रादेशिक क्रिकेट संघहरुलाई बोर्धाथ गरेको पत्रमा स्वीकृती लिएर मात्र प्रतियोगिताहरु संचालन गनुपर्ने संघको निती रहेको हुँदा अब उप्रान्त बिभिन्न संघसंस्था एवम क्लबले सम्बन्धित जिल्ला वा प्रदेशसँग अनिवार्यरुपमा स्वीकृती लिनपर्ने जनाइएको छ । जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता आयोजना गर्दा जिल्ला क्रिकेट संघ र प्रदेश स्तरिय प्रतियोगिता आयोजना गर्दा प्रदेश क्रिकेट संघसँग स्वीकृती लिनुपर्ने क्यानको बिज्ञप्तीमा उल्लेख छ । साथै राष्ट्रियस्तरको प्रतियोगिता संचालन गर्नु परेमा प्रतियोगिता हुने सम्बन्धित प्रदेश क्रिकेटसँग स्वीकृती लिनुपर्ने छ । स्वीकृती लिने बिषयमा केन्द्रमा पनि जानकारी गराउनु पर्ने क्यानले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्