लेख विवरण

क्लेकोर्ट टेनिस च्याम्पियनसिपको उपाधि ओपेल्कालाई

क्लेकोर्ट टेनिस च्याम्पियनसिपको उपाधि ओपेल्कालाई

हस्टन । रेली ओपेल्काले जोन इस्नरलाई ६–३, ७–६ (७) ले पराजित गर्दै अमेरिकी क्लेकोर्ट टेनिस च्याम्पियनसिपको उपाधि जितेका छन । एटीपी टुरको यो फाइनल खेल सबैभन्दा अग्लो खेलाडीहरू मध्येको एक थियो, जसमा ६ फिट ११ इन्चका ओपेल्काले ६ फिट १० इन्चका इस्नरलाई पराजित गरे ।

एटीपी टुरमा ओपेल्काको यो चौथो र क्लेकोर्टमा पहिलो उपाधि हो। उनले इस्नर विरुद्धको कीर्तिमान ५–१ मा पुर्याएका छन । तेस्रो वरियताका ओपेल्काले अमेरिकामा सबै उपाधि जितेका छन् । २४ वर्षीय उनले सन् २०१९ मा न्युयोर्क इन्डोर, २०२० मा डेलरे बिच र यस वर्ष डलास ओपनको उपाधि जितेका थिए ।

चौथो वरियताका इस्नरले सन् २०१३ मा ह्युस्टनमा उपाधि जितेका थिए । उनले अहिलेसम्म १६ पटक एटीपी टूरको उपाधि जितेका छन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.