लेख विवरण

खुला बास्केटबलमा ललितपुर हाइ सफल

खुला बास्केटबलमा ललितपुर हाइ सफल

काठमाडौंँ । ललितपुर हाइले दोश्रो मदन भण्डारी स्मृति खुला बास्केटबल प्रतियोगितामा शुक्रबार सफलता पाएको छ ।

कीर्तिपुर कभर्डहलमा ललितपुर हाइले धरान बास्केटबल संघलाई ७२–३९ ले पराजित ग¥यो । विजयी टिमका लागि काभ्या सिङलाले १४ स्कोर गरिन् ।

महिलामै रोयलले कीर्तिपुर बास्केटबल टिमलाई ८१–३० तथा बूढानीलकण्ठ बास्केटबल क्लबले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ६८–२० ले हराए । पुरुषमा नेपाल आर्मीले डाउनटाउन स्पोर्ट्स सेन्टरमाथि ९५–८३ को जित दर्ता ग¥यो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.