लेख विवरण

खेलको समयामा कोर्टभित्रै दुई टेनिस खेलाडीको अभद्र व्यवहार, लाखौँ जरिवाना तिर्नुपर्ने

खेलको समयामा कोर्टभित्रै दुई टेनिस खेलाडीको अभद्र व्यवहार, लाखौँ जरिवाना तिर्नुपर्ने

काठमाडौं । विम्बल्डन ओपन अन्तर्गत तेस्रो राउण्डको खेलमा कोर्टभित्रै एकअर्कासँग झगडा गरेका कारण आयोजकले टेनिस खेलाडी टिटिसिपास र क्रिर्गियोसलाई करोडौं जरिवाना तिराएको छ। विम्बल्डनले टिटिसिपासलाई १० हजार र किर्गियोसलाई ४ हजार अमेरिकी डलर जरिवाना तिराएको छ । दुवै खेलाडीले कुल १० हजार अमेरिकी डलर जरिवाना तिरेका छन । यी दुई खेलाडीले तेस्रो चरणको खेलको क्रममा एक आपसमा बहस गर्दै बीचमा अम्पायरलाई ल्याएका थिए। त्यसपछि दुवैलाई कारबाही गरिएको थियो ।

खेलमा निक किर्गियोसले ग्रीसका चौथो बिउ स्टेफानस टिटिसिपासलाई ६–७, ६–४, ६–३, ७–६ ले पराजित गरेका थिए । तीन घण्टा १७ मिनेटसम्म चलेको खेलको समयमा किर्गियोस र टिटिसिपासबीच झगडा हुदा एकछिन तनाव उत्पन भएको थियो। किर्गियोस टिटिसिपासको व्यवहारप्रति अम्पायरसँग असन्तुष्टी प्रकट गरेका थिए। उनले अम्पायरलाई डम्म समेत भनेका थिए।

किर्गियोसले गरेको अभद्र व्यवहार स्पष्ट सुनिएको थियो जसकारण उनलाई ४,००० अमेरिकी डलर जरिबाना तिराइएको छ। साथै टिसिपासले क्रुरतापूर्वक बललाई एक दर्शक नजिक प्रहार गरेका थिए । तर दर्शक घाइते हुनबाट बचे, यदि दर्शकलाई बलले लागेको भए विवाद झनै चर्किन सक्थ्यो। जसकारण टिसिपासलाई १० हजार डलर जरिवाना गरिएको छ । खेल सकिएपछि दुवै खेलाडीले एक अर्काविरुद्ध बयान दिएका थिए । अहिले दुवैलाई कारबाही गरिएको छ ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.