लेख विवरण

खेलसँगै आफ्नो प्रेमकथाका कारण चर्चामा आएका थिए यी खेलाडी

खेलसँगै आफ्नो प्रेमकथाका कारण चर्चामा आएका थिए यी खेलाडी

काठमाडौंँ । इंग्ल्याण्डका लागि लामो समय क्रिकेट खेलेका तथा विश्वका चर्चित क्रिकेटरमध्येका एक पूर्व ब्याट्सम्यान केभिन पिटरसन खेलसँगै आफ्नो प्रेमकथाका कारण पनि चर्चामा आएका थिए ।

लामो समय इंग्ल्यान्डका लागि क्रिकेट खेलेका पिटरसन दक्षिण अफ्रिकामा जन्मेका थिए र त्यहीबाट आफ्नो क्रिकेट करियर सुरु गरेका थिए। यद्यपि, पछि उनी इङ्ल्यान्ड गए र त्यहाको राष्ट्रिय टोलीबाट क्रिकेट खेल्न थाले । यही क्रममा उनले आफ्नो भावी पत्नी, जेसिका टेलरलाई भेटे।

केभिन पिटरसनकी श्रीमती जेसिका टेलर एक प्रसिद्ध अंग्रेजी गायक, अभिनेता र टिभी पर्सनालिटी हुन्। उनी पहिलो पटक पप समूह लिबर्टी एक्सको सदस्यको रूपमा प्रख्यात भएकी थिइन । जसले यूकेमा धेरै हिट गीतहरू पनि दिएको छ ।

धेरै चुनौतिहरूको सामना गरिसकेपछि, पीटरसन र टेलरले सन् २००७ मा विवाह गरेका थिए। दुवैको विवाहमा पिटरसनका धेरै क्रिकेट साथीहरु पनि संलग्न थिए । पिटरसनकी श्रीमती जेसिका टेलरले सन् २०१० मा डिलन नाम गरेको पहिलो सन्तानलाई जन्म दिइन् । २०१५ मा, दुवै फेरि आमाबाबु बने। यसपटक छोरी जन्मिइन् जसको नाम रोजी थियो ।

प्रायः अन्तर्वार्ताहरूमा पिटरसनले टेलर उनको लागि कत्तिको महत्त्वपूर्ण छिन र उनले आफ्नो करियरको सबैभन्दा कठिन समयमा कसरी मद्दत गरिन् भन्ने कुरा बताएका छन्। टेलरले पनि पिटरसनलाई धेरै सपोर्ट गर्छिन, उनले खेल्ने प्रायजसो खेलहरु हेर्न जान्छिन र सार्वजनिक रूपमा पिटरसनलेले बनाएका उपलब्धिहरूमा गर्व गर्छिन।

पिटरसन र टेलरको पहिलो भेट सन् २००६ मा इङ्ल्यान्ड र पाकिस्तानबीच क्रिकेट खेल भइरहेको बेला भएको थियो । यस खेलमा टेलरलाई खेलअघि राष्ट्रिय गान गाउन भनिएको थियो । उही समयमा, पीटरसनको नजर पहिलो पटक टेलरमा पर्यो, त्यसपछि दुवैले ब्याकस्टेज कुराकानी गरे। त्यहीबाट उनीहरुको प्रेम सम्बन्ध सुरु भयो र दुबैले एकअर्कालाई डेट गर्न थाले । तर, दुवैको यो सम्बन्धमा धेरै चुनौतीहरू पनि आए । पिटरसन आफ्नो क्रिकेट ब्यस्तताका कारण प्रायः घरबाट टाढा हुन्थे र टेलर पनि आफ्नो करियरमा व्यस्त थिइन। यस बीचमा यी दुईबीच ब्रेकअपको अफवाह पनि लामो समयसम्म चल्यो तर यसले पिटरसन र टेलरमा कुनै असर गरेन र २००७ मा उनीहरूले विवाह गरे।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.