लेख विवरण

खेलाडिको समस्या समाधानको अभियान सुरु गर्छु : खेलकुद मन्त्री

खेलाडिको समस्या समाधानको अभियान सुरु गर्छु : खेलकुद मन्त्री

काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले चाँडै खेलाडिहरुको समस्या समाधान अभियान सुरु गर्ने बताएका छन् ।

शनिवार युवा तथा खेलकुद मन्त्री नियूक्ति भएकोमा तेक्वान्दो परिवारको तर्फबाट उनको सम्मानमा आयोजित बधाई कार्यक्रममा उनले हुँदै गरेको बजेट सेसनपछि खेलाडिको समस्या सुनेर समस्या समाधानको अभियान सुरु गर्ने प्रतिवद्धता जनाए ।

सरकारले आवाज सुन्न बाध्य हुने गरी लड्न खेलाडिहरुलाई आग्रह गर्दै उनले त्यसको नेतृत्व गर्न आफू तयार रहेको समेत बताए ।

उनले भने ‘तपाईहरु देश र सिङगो जनताको लागि लड्दै हुनुन्छ त्यसैले उच्च मनोवलका साथ अगाडि बढ्नुस् तपाईहरुको लक्ष पुरा हुन्छ । सरकारले तपाईहरुको आवाज सुन्न बाध्य हुने गरि लड्नुहोस् त्यसको लागि नेतृत्व गर्नेकाम म गर्छु । हुँदै गरेको बजेट सेसन पछि तपाईहरुको समस्या सुनेर ऐन नियमसँग मिले नमिलेको हेरेर निर्णय गरेर सुद्धिकरण गर्ने अभियान सुरु गर्नेछु ।’

उनले राष्ट्रले खेल क्षेत्रलाई व्यवास्ता ग¥यो भन्ने गुनासो आउने गरेको भन्दै सुधारका लागि आवश्यक पहल गर्ने पनि बताए ।

 

 
 
 
 
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.