खेलाडी दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरेको छ । खेलपूर्व, खेल खेलिरहेको समय र त्यसपछि खेलाडीमा हुन सक्ने दुर्घटना न्यूनीकरणबारे ४० जना खेलाडी र प्रशिक्षकलाई सचेतना प्रदान गरियो ।
मन्त्रालयले खेलाडीको मागअनुरूप पहिलो पटक यस्तो सचेतना कार्यक्रम सञ्चालन गरेको हो । दुर्घटना न्यूनीकरण सचेतनाका विषयमा पाठ्यक्रम निर्माण गरी आगामी दिनमा देशभर नै यस्ता कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयका सचिव डा दामोदर रेग्मीले बताए ।
सो अवसरमा विषयविज्ञ डा ज्ञानेन्द्रविक्रम शाह, डा गौरव ढकाल, डा पवनकुमार हमाललगायतले दुर्घटनाका सम्भावित क्षेत्र र त्यसबाट बच्ने उपायबारे प्रशिक्षण दिएका थिए ।

टिप्पणी लेख्नुहोस्