लेख विवरण

खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मीको विजय सुरुआत

खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मीको विजय सुरुआत

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुआत गरेको छ । पोखरा रङ्गशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबार भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई १२–११ स्कोरले हरायो ।

४ इनिङ्समा खेलाइने खेलमा आर्मीले लगातार तीन इनिङमा जित निकालेपछि फलोअन जित सुनिश्चित गरेको हो । प्रत्येक इनिङ ९ मिनेट खेलिने भएपनि अन्तिम इनिङ नखेलेर आर्मी विजेता घोषित भयो ।

रङ्गशालास्थित ह्यान्डबल एकेडेमीमा सुरु भएको प्रतियोगितामा सङ्घका पदाधिकारी, खेलाडी तथा प्राविधिकको उपस्थितिमा पूजापाठ गरिएको थियो ।

खोखोमा नेपाल आर्मी र नेपाल पुलिस क्बलसहित ९ टिम सहभागी छन् । राउन्ड रोबिन आधारमा खेलाइने प्रतियोगिताको फाइनल कात्तिक ३ गते हुनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.