लेख विवरण

गल्फमा पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्बलका सुवासलाई स्वर्ण

गल्फमा पुरुष एकलतर्फ त्रिभुवन आर्मी क्बलका सुवासलाई स्वर्ण

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ खेलमा पुरुष एकलतर्फको स्वर्ण त्रिभुवन आर्मी क्बलका सुवास तामाङले जितेका छन ।

पोखरा स्थित पार ६९ को हिमालयन गल्फक कोर्समा शनिबार सम्पन्न खेलमा पुरुष एकलमा बागमती प्रदेशका सद्भाव आचार्यले रजत र प्रदेश १ का युवराज भुजेलले कांस्य पदक जितेका छन ।

गल्फमा बागमतीले महिला एकलतर्फ, पुरुष र महिला टिम स्पर्धामा स्वर्ण जितेको छ । गल्फमा पुरुषमा पाँच र महिलामा चार टोलीको सहभागिता रहेको थियो ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.