लेख विवरण

गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुक्रबहादुरको अग्रता

गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुक्रबहादुरको अग्रता

काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन सुक्रबहादुर राईले एक्लो अग्रता लिएका छन । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा सुक्रले बुधबार ६ अन्डर ६६ खेले । ५४ होलको समाप्तिसँगथै उनको कूल १६ अन्डर २०० स्कोर छ । दोस्रो स्थानमा झरेका निरज तामाङको १५ अन्डर २०१ स्कोर छ । बुधबार निरजले तीन अन्डर ६९ खेले ।

यसैगरी एमेच्योर वानचेन ढोन्डुप तेस्रो स्थानमा छन । बुधबार दुई अन्डर ७० खेलेका ढोन्डुपको कूल १२ अन्डर २०४ स्कोर छ । कूल १० अन्डर २०६ स्कोरका साथ घरेलु प्रो भुवन नगरकोटी चौथो स्थानमा छन । तेस्रो दिन उनले दुई अन्डर ७० खेले । पाँचौं स्थानमा रहेका एमेच्योर महेन्द्र पगामी र पूर्ण शर्माको समान सात अन्डर २०९ स्कोर छ ।

बिहीबार सम्पन्न हुने चार दिने प्रतियोगिताको फाइनल चरणमा २२ प्रो र आठ एमेच्योरसहित ३० जनाबीच प्रतिस्पर्धा भईरहेको छ । सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको अन्तिम यस स्पर्धाको सुरुको ३६ होलमा ३४ प्रो र ११ जना एमेच्योरले भाग लिएका थिए ।

प्रतियोगितामा प्रो तर्फको विजेताले दुई लाख ५० हजार, उपविजेताले एक लाख ५५ हजार र तेस्रो हुनेले एक लाख १० हजार रुपियाँ पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्ने प्रोले पनि आकर्षक नगद पुरस्कार हात पार्नेछन् । एमेच्योरलाई ट्रफी प्रदान गरिनेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.