लेख विवरण

गुणराजले कम्बोडियामा हुने प्रोफेसनल मुवा थाईमा प्रतिस्पर्धा गर्ने

गुणराजले कम्बोडियामा हुने प्रोफेसनल मुवा थाईमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपालका गुणराज रुचालले कम्बोडियामा हुने प्रोफेसनल मुवा थाईमा प्रतिस्पर्धा गर्ने भएका छन । अन्तर्राष्ट्रिय मुवा थाई विजेता गुणराज रुचाललाई मंगलबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरे ।

रुचालले भाद्र ४ गते कम्बोडियाको नोम पेन्हमा आयोजना हुने प्रोफेसनल फाइटमा कम्बोडियाका खेलाडी थुन ईङ्गलेसँग प्रतिस्पर्धा गर्ने नेपाल मुवा थाई संघका अध्यक्ष गणेश कक्षपतीले जानकारी दिए ।

रुचालको प्रशिक्षकमा विजय लामा रहेका छन । ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न लागेका रुचालले प्रतियोगिता अघि थाइल्याण्डको टप फाईट मुवा थाई जिममा १ हप्ता प्रशिक्षण लिने कार्यक्रम रहेको छ । उनी बुधबार थाइल्यान्ड प्रस्थान गर्नेछन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.