लेख विवरण

गोल्डेनगेट र जेभियर कलेज अन्तरकलेज बास्केटबल प्रतियोगिताको फाइनलमा

गोल्डेनगेट र जेभियर कलेज अन्तरकलेज बास्केटबल प्रतियोगिताको फाइनलमा

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको छात्रमा फाइनल प्रवेश गरेका छन् ।

आइतबार भएको खेलमा गोल्डेनगेटले नाथमलाई ६१–५३ ले पराजित ग¥यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंक जोडे । सुरुको तीन क्वाटरमा गोल्डेनगेटले क्रमशः १७–५, १६–११ र २०–१३ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटर नाथमले २१–८ ले आफ्नो पक्षमा पारेपनि जितका लागि पुगेन ।

अर्को सेमिफाइनलमा रवि पौडेलको १४ अंकको सहयोगमा जेभियरले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजलाई ५०–२७ ले हरायो । चौथो क्वाटर १०–१० को बराबरीमा टुंगियो भने बाँकीमा जेभियर अगाडि रह्यो । जेभियरले पहिलोमा १०–६, दोश्रोमा २१–८ र तेश्रोमा ९–३ को प्रदर्शन ग¥यो ।

छात्रा तर्फ नाथम र शुभश्रीले उपाधि भिडन्त पक्का गरिसकेका छन् । राउन्ड रोविन लिगमा नाथम पहिलो र शुभश्री दोश्रो हुँदै फाइनल पुगेका हुन् । फाइनल सोमबार हुने छ ।

छात्र तर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्ने छन् । छात्रा तर्फ पहिलो हुनेले ३० हजार र दोश्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.