ग्रान्ट ब्राडबर्न पाकिस्तानी टिमको मुख्य प्रशिक्षकमा नियुक्त
काठमाडौंँ । न्यूजिल्याण्डका पूर्व अलराउन्डर ग्रान्ट ब्राडबर्न पाकिस्तान सिनियर पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनलाई दुई वर्षको लागि यो जिम्मेवारी दिइएको हो । उनी पाकिस्तान–न्युजिल्यान्ड सिरिजका क्रममा पाकिस्तानी टोलीमा सल्लाहकारका रूपमा आबद्ध भएका थिए । ब्राडबर्न यसअघि सन् २०१८ देखि २०२० सम्म पाकिस्तानी टोलीका प्रशिक्षक थिए। त्यसपछि उनी लाहोरको राष्ट्रिय क्रिकेट एकेडेमीमा जोड्एि । पाकिस्तान आउनुअघि ब्राडबर्न स्कटल्याण्डका प्रशिक्षक थिए ।
पुनः प्रशिक्षकमा नियुक्त भएपछि ब्राडबर्नले भने,'पाकिस्तान जस्तो प्रतिभाशाली टोलीमा मुख्य प्रशिक्षकको रूपमा सामेल हुन पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो। हामीले हाम्रा अपेक्षाहरू बढाएका छौं र खेलाडीहरूका लागि अब चुनौतीहरू बढ्नेछन्। र हाम्रा खेलाडीहरू यी चुनौतीहरूको सामना गर्न तयार छन।'
साथै पाकिस्तान क्रिकेट बोर्डले पूर्व दक्षिण अफ्रिकी क्रिकेटर एन्ड्रयु पुटिकलाई ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ भने स्ट्रेन्थ एण्ड कन्डिसनिङ प्रशिक्षक ड्रिकस साइमन र फिजियोथेरापिस्ट क्लिफ डेकन आफ्नो पदमा कायमै रहेका छन्। हालैमा पाकिस्तानले मिकी आर्थरलाई टोलीको निर्देशक बनाएको थियो ।

टिप्पणी लेख्नुहोस्