लेख विवरण

ग्रिनफिल्ड र गोल्डेनपीक क्वाटरफाइनलमा

ग्रिनफिल्ड र गोल्डेनपीक क्वाटरफाइनलमा

काठमाडौं । ग्रिनफिल्ड र गोल्डेनपीक १५ औं माछापुच्छ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर तर्फ ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको खेलमा ग्रिनफिल्डले टीआईएलाई ३४–२० ले पराजित ग¥यो । ग्रिनफिल्डका लागि अर्जुन बस्नेतले २६ स्कोर गरे । अर्को खेलमा गोल्डेनपिकले एनसीसीएसलाई २४–१६ ले हरायो । विजेता टोलीका सुशिल गिरीले ९ अंक जोडे ।

मंगलवार नै भएको सिनियर तर्फ गल्र्समा पृथ्वीले निस्टमाथि १८–१० को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनायो । पृथ्वीका लागि बविता घिमिरेले ६ अंक बटुलिन् ।

त्यस्तै सिनियर ब्वाइज तर्फ इडेन ब्रिज एकेडेमी (इबीए) ले बीएमसीलाई ४२–२०, गोल्डेनपिकले भद्रकालीलाई ५२–२६ तथा सैनिकले मनासलुलाई ४१–१५ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । इबीएका लागि आयुश राई र सौगात खत्रीले १३–१३, गोल्डेनपीकका लागि विजय तामाङले ५ र सैनिकका लागि कुशल पौडेलले १७ अंक जोडे । अन्य प्रतिस्पर्धामा हिमालयन किङडमले स्किब्सलाई ३३–३२ तथा युनिभर्सिटीले स्कोलर्स होम एकेडेमीलाई २५–१८ ले पन्छाए । हिमालयनका लागि साङ्गु तामाङले २३ तथा युनिभर्सिटीका लागि सुरज पास्वानले १२ अंक जोडे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.