लेख विवरण

ग्रिनल्यान्ड र भ्याली पब्लिक सेमिफाइनलमा

ग्रिनल्यान्ड र भ्याली पब्लिक सेमिफाइनलमा

काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिक दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनल्यान्डले नेपाल मोडललाई ५१–२९ ले पराजित ग¥यो । ग्रिनल्यान्डका सुरेश जिसी र प्रवीण गुरुङले समान १७–१७ स्कोर गरे । भ्याली पब्लिकले एन्जल्स हार्टलाई ३४–२५ ले हरायो । भ्याली पब्लिकका सुशान्त चौधरीले १३ अंक जोडे ।

सिनियर ब्वाइजमै सेबले स्कोलर्स होमलाई ४८–३९ तथा गोल्डेनपिकले एचएचसीएलाई ५३–३६ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले पारामाउन्टलाई २५–१४, स्किब्सले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २१–१४, गोल्डेनपिकले इडेन ब्रिज एकेडेमीलाई २४–१५ र भ्याली पब्लिकले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २६–१९ ले पन्छ्याउदै सेमिफाइनल यात्रा गरे । जितमा एन्जल्स हार्टका रुपक पौडेलले ७, स्किब्सका अनिल लामाले ६, गोल्डेनपिकका विवेक नेपालीले १० र भ्याली पब्लिकका विशाल परियारले १३ अंक बटुले ।

सिनियर गर्ल्समा भ्याली पब्लिक, आयोजक भद्रकाली, ग्रिनल्यान्ड र एचएचसीएले सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.