लेख विवरण

ग्लोबल टि–२० क्यानडा लिगमा नेपालबाट सन्दीप र दिपेन्द्रले खेल्ने

ग्लोबल टि–२० क्यानडा लिगमा नेपालबाट सन्दीप र दिपेन्द्रले खेल्ने

काठमाडौंँ । नेपालका स्टार खेलाडी सन्दीप लामिछाने र अलराउन्डर दिपेन्द्र सिंह ऐरिले क्यानडामा हुने ग्लोबल टि–२० लिग खेल्ने भएका छन । आगमी जुलाई २० देखी अगष्ट ६ सम्म हुने प्रतियोगितामा सन्दीपलाई द सर्रे जगुआर र दिपेन्द्रलाई मोन्ट्रियल टाइगर्सले ड्राफ्टबाट किनेको हो । सन्दीपलाई एसोसिएट मार्कि प्लेयरको रुपमा लिइएको टोलीले जनाएको छ ।

सन्दीपको टोलीमा इङल्यान्डका एलेक्स हेल्स, पाकिस्तानका इफ्तिखार अहमद र मोहम्मद हरिस, बङलादेशका लिटोन कुमार दास, अफगानीस्तानका करिम जनात, अष्ट्रेलियाका जेसन बेहरेन्डोर्फ जस्ता खेलाडीहरु रहेका छन । त्यस्तै दिपेन्द्रको टोलीमा बङलादेशका शकिब अल हसन, वेस्टइन्डिजका आन्द्रे रसेल, शेर्फेन रदरफोर्ड र कार्लोस ब्राथवेट, अष्ट्रेलियाका क्रिस लिन, पाकिस्तानका मोहम्मद अब्बास अफ्रिदी, अफगानीस्तानका जाहिर खान जस्ता खेलाडीहरु रहेका छन् ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.