लेख विवरण

घरेलु मैदानमा चेल्सी एस्टन भिल्लासँग पराजित

घरेलु मैदानमा चेल्सी एस्टन भिल्लासँग पराजित

काठमाडौं । चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २–० ले पराजित भएको छ ।

प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमा नै पराजित भएको हो । 

चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा बिजयी भिल्लाका लागि ओली वाट्किन्सले पहिलो हाफको १८औं मिनेटमा तथा दोस्रो हाफमा जोन म्याकगिनले ५६औं मिनेटमा गोल गरेका थिए । सो पराजयसँगै चेल्सी एक स्थान तल झरेको छ । 

जसअनुसार २८ खेलबाट ३८ अंकसहित चेल्सी ११औं स्थानमा झरेको छ भने चेल्सीलाई पराजितगरे पछि एस्टन भिल्ला समान खेलबाट ४१ अंक जोडेर नवौँ स्थानमा उक्लेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.