लेख विवरण

चटोग्राम टेस्ट : पहिलो दिनको खेलमा भारतले बनायो २७८ रन

चटोग्राम टेस्ट : पहिलो दिनको खेलमा भारतले बनायो २७८ रन

काठमाडौं । चटोग्राममा जारी टेस्टमा पहिलो दिनको खेल सकिदा भारतले ६ विकेट गुमाएर २७८ रन बनाएको छ । टोलीका लागि श्रेयस अय्यर ८२ रनमा अविजित रहेका छन ।

बंगलादेश बिरुद्धको खेलमा टस जितेर ब्याटिङ गरेको भारतका लागि चेतेश्वर पुजारा सतक बनाउनबाट १० रनले चुके । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पुजारा तैजुल इस्लामको बलमा ९० रन बनाएर बोल्ड भए । २०३ बलको सामना गरेका उनले ११ चौंका प्रहार गरे ।

भारतका कप्तान तथा ओपनर ब्याटस्म्यान केएल राहुल २२ रन बनाएर खालिद अहमदको बलमा बोल्ड भए । अर्का ओपनर शुभम गिल पनि २० रन बनाएर आउट भए ।
पूर्व कप्तान विराट कोहली पनि धेरैबेर क्रिजमा टिक्न सकेनन । १ रनको ब्यक्तिगत स्कोरमा कोहली तैजुल इस्लामको बलमा एलबीडब्लु भए ।

पाचौं नम्बरमा ब्याटिङ गर्न आएका रिशब पन्तले भारतको इनिङ केही हदसम्म माथी उकास्ने प्रयास गरे । आक्रमक ब्याटिङ गर्दै उनले ४५ बलमा ४६ रन बनाएर आउट भए । रिशबलाई मेहदी हसन मिर्जाले आफ्नो शिकार बनाए । अर्धसतक बनाउनबाट ४ रनले चुकेका रिशबले ६ चौंका र २ छक्का प्रहार गरे । अक्सर पटेल १४ रन बनाउने क्रममा मेहदी हशनको अर्को शिकार बने ।

पहिलो दिनको खेल सकिदा भारतले आफ्नो खातमा ६ विकेट गुमाएर २७८ रन जोडेको छ ।

बंगलादेशका लागि बलिङमा तैजुल इस्लामले सर्वाधिक ३ विकेट लिएका छन । मेहदी हसन मिर्जा (२) र खालिद अहमले (१) विकेट लिए ।

बंगलादेश भ्रमणमा रहेको भारतले यसअघि ३ खेलको एकदिवसीय श्रंखला २ १ ले गुमाएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.