चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा बालगोपाल महर्जन
काठमाडौंँ । ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन । चर्च ब्वाइजले बुधवार (आज) सामाजिक सञ्जाल फेसबुकमार्फत महर्जनलाई प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।
चर्च ब्वाइजमा यसअघि नेपाली मुलका अमेरिकन नागरिक प्रदिप हुमागाईँ मुख्य प्रशिक्षकको रुपमा कार्यरत थिए । तर वर्क परमिट नपाएपछि हुमागाईँले क्लब छाडेका थिए । थ्रीस्टार र मनाङ मर्स्याङ्दीको प्रशिक्षकको रुपमा काम गरिसकेका बालगोपालले बिहीबार दशरथ रंगशालमा हुने फ्रेण्ड्स क्लब विरुद्धको खेलबाट टोलीको प्रशिक्षण सम्हाल्नेछन् ।
बालगोपालले विभिन्न उमेर समूहका नेपाली टोलीको प्रशिक्षकका रुपमा काम गरिसकेका छन । उनको प्रशिक्षणमा नेपालले यू–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो भने सिनियर टोलीले बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो ।

टिप्पणी लेख्नुहोस्