लेख विवरण

चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि

चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि

काठमाडौंँ । द चाँदबाग स्कुलको आयोजनामा चाँदबाग खेलकुद महोत्सव बुधबारदेखि हुने भएको छ । महोत्सवमा मिनी बास्केटबल, यु–१२ फुटबल र आर्ट कम्पिटीसन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा चाँदबागकी प्रिन्सिपल मिलन केसी लोप्चनले जानकारी गराइन् ।

बास्केटबलमा ब्वाइज/गर्ल्समा समान ८–८ गरी १६ टिमको सहभागिता रहने चाँदबागका भाइस प्रिन्सिपल सोमराज पनेरुले जानकारी दिए । फुटबलमा २४ टिमले भाग लिने छन् । आर्ट कम्पिटीसनमा विभिन्न ३७ विद्यालयका करिब ३ सय ७० को सहभागिता रहने चाँदबागका इसीए को–ओर्डिनेटर दिनेश परियारले अवगत गराए । खेलहरु बाँसवारीस्थित आयोजकको हातामा खेलाइने छ । प्रतियोगिता फागुन ९ गतेसम्म चल्ने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.