लेख विवरण

चार जना नेपालीले पाए आईपीएलका खेल प्रत्यक्ष हेर्ने अवसर

चार जना नेपालीले पाए आईपीएलका खेल प्रत्यक्ष हेर्ने अवसर

काठमाडौंँ । टी–१० स्पोटर्स अन्तर्गत चार जना भाग्यशाली ग्राहकले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेका छन्। भाटभटेनी सुपर मार्केटको ‘स्कोर विग विथ टी–१०’ योजना अन्तर्गत चार जना ग्राहकले भारतमा गएर आईपीएलको प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेका हुन् ।

भाटभटेनीले देशभर रहेका आफ्नो २४ वटा स्टोरबाट २५ सयभन्दा बढी मुल्यको टी–१० ब्राण्डको सामान किन्ने ग्राहकलाई लक्की ड्रमा समावेश गरेको थियो । लक्की ड्रमार्फत काठमाडौंका रामसुन्दर कुँवर र नेत्रबहादुर भट्टराई, इटहरीका सन्तोष श्रेष्ठ र भक्तपुरका मनोजकुमार थापा छनोट भएका थिए ।

चार जना भाग्यशाली ग्राहकले पञ्जाब किंग्स र मुम्बई इन्डियन्स बीचको खेलको भिआईपी टिकट, काठमाडौं पञ्जाबको दुईतर्फ ह्वाई टिकेट र बसोबासको सुविधा पाएका हुन् । चारै जना भाग्यशाली ग्राहकले मे ३ मा भएको पञ्जाव र मुम्बईबीचको खेल मोहाली स्टेडियममा गएर हेरेका थिए ।

भारतीय ब्राण्ड टी–१० स्पोटर्स पञ्जाव किंग्सको आधिकारिक किट पार्टनर हो । टी १० लाई नेपालमा आधिकारिक रुपमा भाटभटेनी सुपर मार्केटले बिक्री वितरण गर्दै आएको छ । टी १० स्पोटर्सको ‘स्कोर विग विथ’ योजना फेब्रुअरी ३ देखि मार्च ३१ सम्म देशभरका २४ वटा भाटभटेनी सुपर मार्केटका स्टोरमा सञ्चालन गरिएको भाटभटेनी होल्डिङ्सले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.