लेख विवरण

चितवनमा इसीए मेयर लिग टी–२० क्रिकेट प्रतियोगिता हुने

चितवनमा इसीए मेयर लिग टी–२० क्रिकेट प्रतियोगिता हुने

काठमाडौंँ । चितवनमा फागुन १७ गतेबाट इष्टर्न क्रिकेट एकेडेमी (इसीए) मेयर लिग टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । लिग फाल्गुन १७ गते देखि २७ गते सम्म टिकौली खेल मैदानमा हुने भएको छ। प्रतियोगिताको पहिलो खेल सौराहा स्याण्डर र टाँडी टाइटन्स बिच हुनेछ।

प्रतियोगितामा बिएम ब्लास्टर, टाँडी टाइटन्स, सौराहा स्याण्डर, नेप्लीज क्यानेडियन क्रिकेट क्लब, हानामी वारियर्स र भरतपुर इलेभेन गरी कुल ६ टोलीको सहभागीता रहेन आयोजकले जनाएको छ । प्रत्येक टोलीले २ जनासम्म राष्ट्रिय खेलाडी वा जिल्ला बाहिरका खेलाडीहरु आफ्नो टिममा समावेश गरेका छन्।

सिंगल राउण्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगिताको विजेतालाई नगद ५० हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्लेयर अफ द सिरिजलाई नगद १० हजार, बेष्ट बलर र वेष्ट ब्याट्सम्यानलाई जनही ५/५ हजार र इमर्जिङ प्लेयरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने छ ।

टोलीहरु :

टाँडी टाइटन्स : इमरान अन्सारी, प्रजावल कोइराला, बाबुराम भट्टराई, विकल गुप्ता, रोहित क्षेत्री, विशाल फुयाँल, रिजन काफ्ले, संघर्ष पौडेल, नरेश प्रधान पाल्देन लामा, नितेश दास, अंकित श्रेष्ठ, मिकेल बानिया र सुमित शर्मा ।

सौराहा स्यान्डर्स : रिजन ढकाल, अशोक पौडेल, अभिनाश सापकोटा, अंकित झा, सन्तोष न्युपाने, दिपन बानिया, सगुन थापा, विदुर मगर, आशिष खरेल, विमल चालिसे, राज पाण्डे, राजऋषि यादव, ससिर न्यौपाने र सौगात ढकाल ।

हानामी वारियर्स : कैलाश पंगेनी, कशिश सुवेदी, विवेक कँडेल, गौरव खड्का, ज्ञानराज निउरे, श्याम मण्डल, राम विक्रम कार्की, आकाश थापा, मिलन आचार्य अनुज छनारा, क्षितित कुमार शाह, क्रिजन गुरुङ, अन्जन नेपाल र शिशिर गुरुङ ।

भरतपुर इलेभेन : राज प्रताप क्षेत्री, सुगम सापकोटा, कमल परियार, मुनाल लुंगेली, अस्मिन बी.के, सिद्धार्थ क्षेत्री, राजन श्रेष्ठ, तक्षक सिमखडा, रोनिम तिवारी, दिवाश आचार्य, मनिष अर्याल, आशिष सिग्देल र आयुश जंग श्रेष्ठ ।

नेप्लीज क्यानेडियन क्रिकेट क्लब : कृष्ण श्रेष्ठ, विदुर पौडेल, रवीन्द्र तिमिल्सेना, बिशाल पौडेल, विज्ञान पाण्डे, गौतम के.सी, पारस घिमिरे, संस्कार देवकोटा, नवीन यादव, लक्की सापकोटा, प्रसन्न बर्तौला, शिरीष राखाल, विशाल पौडेल र दिपेश कुमार क्षेत्री ।

बिएम ब्लास्टर : कुसल चौधरी, सुमन सुनार, पवन थापा, संजोग क्षेत्री, सिद्धार्थ शर्मा धरेल, बिबास न्यौपाने, चन्द्रकान्त पौडेल, युवराज खरेल, दानिश इकबाल रिकिन कोइराला, मुकेश सिंह, विशाल खत्री, शुभ कंसाकार र सुवास दवाडी ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.