लेख विवरण

चीनमा चल्यो मेस्सीको जादू, अस्ट्रेलियाविरुद्ध गरे उत्कृष्ट गोल

चीनमा चल्यो मेस्सीको जादू, अस्ट्रेलियाविरुद्ध गरे उत्कृष्ट गोल

काठमाडौंँ । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो उत्कृष्ट प्रदर्शन जारीनै राखेका छन् । यसपटक उनको जादू चीनमा पनि देखियो । अस्ट्रेलियासँगको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिना टोली अहिले बेइजिङमा रहेको छ । बिहीबार (आज) भएको पहिलो खेलमा मेस्सीले उत्कृष्ट गोल गरे । उनले गरेको गोलको भिडियो केही समयमै सामाजिक सञ्जालमा भाइरल भयो ।

खेलको दोस्रो मिनेटमा मेस्सीले गोल गरे । उनले इन्जो फर्नान्डेजको पासमा गोल गरेका थिए । त्यसपछि अर्जेन्टिनाले ६८ औं मिनेटमा दोस्रो गोल गरेको थियो । यस पटक मेस्सीको पासमा गोल भयो । उनले अष्ट्रेलियाका खेलाडीहरूलाई देब्रे कुनाबाट छल्दै रोड्रि डी पाउलतर्फ बल पास गरे। डि पॉलले बक्सको बाहिरबाट बललाई गोलपोष्टतर्फ प्रहार गरेका थिए । उनको क्रसलाई जर्मन पेजेलाले उत्कृष्ट हेडरमार्फत गोल गरे ।

मेस्सी र पेजेलाको गोलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–० ले पराजित गर्यो । त्यसपछि मेस्सीलाई भेट्नका लागि खेल हेर्न आएका दर्शकहरू अनियन्त्रित भए । धेरै दर्शकहरूले स्टेडियमको सुरक्षा घेरा तोडेर मेस्सीलाई भेट्न मैदानमै पुगे ।

अस्ट्रेलियाविरुद्ध अर्जेन्टिनाको यो लगातार दोस्रो जित हो । यसअघि मेस्सीको कप्तानीमा टोलीले फिफा विश्वकप २०२२ को प्रि–क्वार्टरफाइनलमा अष्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो । उक्त खेलमा मेस्सी र जुलियन अल्भारेजले गोल गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.