चेन्नई पराजित भएपछि आरसीबी शीर्ष चारमा पुग्यो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएलको)को जारी सिजनमा सबै टोलीले ९ वा सोभन्दा बढी खेल खेलिसकेका छन् । टोलीहरुबीच अब ट्रफी जित्ने लडाइँ विस्तारै रोमाञ्चक बन्दै गएको छ । प्रतियोगितामा शीर्ष चारमा पुग्ने टोली लगभग तय हुदै गएको देखिन्छ। हाल शीर्ष ४ मा गुजरात, लखनउ, राजस्थान र आरसीबी रहेका छन् ।
लगातार दुई पराजय ब्योहोरेको गुजरात अहिले अंक तालिकाको शीर्ष स्थानमा छ । टोलीले १० खेलबाट ८ जितसहित १६ अंक जोडेर लगभग प्लेअफमा प्रवेश गरिसकेको छ। आईपीएलको दोस्रो नयाँ टोली १० खेलमा ७ जित निकाल्दै १४ अंकसहित दोस्रो स्थानमा छ । राजस्थान १० खेलमा ६ जित सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ । चेन्नईलाई हराउँदै आरसीबी १२ अंकसहित शीर्ष चारमा पुगेको छ । आरसीबी जितपछि हैदरावाद ५ औं नम्बरमा झरेको छ । छैटौं नम्बरमा पञ्जाब किंग्स रहेको छ । १० खेलमा ५ जित हात पारेको पञ्जाब अझै पनि प्लेअफको दौडमा रहेको छ ।
प्रतियोगिताको अंक तालिकामा दिल्ली सातौं स्थानमा छ । ८ अंक सहित दिल्ली पनि प्लेअफको दौडमा रहेको छ । लगातार ५ हार ब्योहोरेको कोलकाता अघिल्लो खेल जित्दै ८ अंकसहित ८ औं स्थानमा छ । बुधबार आरसीबीसँग पराजित भएको चेन्नई ९ औं स्थानमा रहेको छ । ९ औं खेलमा पहिलो जित हात पारेको मुम्बईको टोली अन्तिम स्थानमा छ ।

टिप्पणी लेख्नुहोस्