लेख विवरण

चेन्नई सुपर किंग्सबाट बाहिरिए जडेजा

चेन्नई सुपर किंग्सबाट बाहिरिए जडेजा

काठमाडौं । चेन्नई सुपर किंग्सका अलराउन्डर रविन्द्र जडेजा करङको चोटका कारण इन्डियन प्रिमियर लिगको जारी सिजनबाट बाहिरिएका छन । बुधवार बिहानैदेखि उनको चोटको बारेमा सन्चार माध्यममा अड्कलबाजी भइरहेको थियो, तर अन्त्यमा सीएसकेका सीईओ काशी विश्वनाथनले उनी टोलीबाट बाहिरिएको पुष्टि गरे। रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्धको खेलमा क्याच लिन खोज्दा जडेजा घाइते भएका थिए । त्यसपछि उनले दिल्ली क्यापिटल्सविरुद्धको खेलमा खेल्न सकेनन ।

आईपीएल इतिहासमा पहिलो पटक महेन्द्र सिंह धोनीले चेन्नईको टोलीमा जडेजा र सुरेश रैनाको साथ नपाउने भएका छन । रविन्द्र जडेजालाई सन् २०१२ को लिलामीमा चेन्नई सुपर किंग्सले किनेको थियो । सुरेश रैना पहिलो सिजनदेखि नै चेन्नईमा थिए । सन् २०२० मा रैनाले व्यक्तिगत कारणले आफ्नो नाम फिर्ता लिएपछि जडेजा हालसम्म टोलीको साथमा रहेका थिए। यस वर्षको लिलामीमा रैनालाई कुनै पनि टोलीले किनेन र अहिले आएर जडेजा पनि बाहिरिए ।

आईपीएलमा चेन्नई सुपर किंग्सको लागि महेन्द्र सिंह धोनी बाहेक रविन्द्र जडेजा र सुरेश रैनाले पनि कप्तानी गरि सकेका छन । रैना चेन्नईको नियमित कप्तान बन्न नसकेपनि धोनी घाइते भएको समयमा टोलीको नेतृत्व गर्ने मौका पाएका थिए। जारी सिजनको सुरुवातमा धोनीले चेन्नईको कप्तानीबाट राजीनामा दिने निर्णय गरेका थिए । त्यसपछि टोली व्यवस्थापनले रविन्द्र जडेजामाथि विश्वास गर्यो तर उनी पूर्ण रूपमा असफल भए ।

रविन्द्र जडेजाले गत मे ३० मा चेन्नई सुपर किंग्सको कप्तानीबाट राजीनामा दिने निर्णय गरेका थिए । त्यसपछि उनले दुई खेल खेल्ने मौका पाए । जारी सिजनको खेलमा उनीमाथी कप्तानको दबाब प्रष्ट देखिन्थ्यो । जडेजाले १० खेलमा मात्र ५ विकेट लिए । उनको ब्याटबाट ११६ रन मात्र आयो । विश्वका उत्कृष्ट फिल्डरमध्येका एक जडेजाले प्रतियोगितामा धेरै सजिलो क्याचहरु पनि छोडेका थिए।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.