लेख विवरण

चेल्सी फुटबल क्लब ४.२५ बिलियन पाउण्डमा बिक्री

चेल्सी फुटबल क्लब ४.२५ बिलियन पाउण्डमा बिक्री

काठमाडौं । अमेरिकी अर्बपति टोड बोहेलीले शनिबार रुसी व्यापारी रोमन अब्रामोभिचबाट चेल्सी फुटबल क्लब ४.२५ बिलियन पाउण्डमा किनेका छन् । चेल्सीले आफ्नो वेबसाइटमा लेखेको छ, 'चेल्सी फुटबल क्लबले टोड बोहेली, क्लियरलेक क्यापिटल, मार्क वाल्टर र ह्यान्सजर्ग विजको नेतृत्वमा रहेको समूहलाई क्लबको स्वामित्व हस्तान्तरण गर्नका लागि शर्तहरू तय गरेको पुष्टि गर्दछ।'

बेलायती सरकारले अब्रामोविचको बेलायतमा बन्द भएको बैंक खातामा लेनदेन गर्न अनुमति दिएमा मे महिनाको अन्त्यसम्ममा सम्झौता सम्पन्न हुने क्लबले जनाएको छ । युक्रेनमा रुसले सैन्य कारबाही गरेपछि बेलायती सरकारले अब्रामोभिचमाथि व्यक्तिगत प्रतिबन्ध लगाएको थियो । त्यसको केही समयपछि मार्च पहिलो साता अब्रामोभिचले क्लब बेच्ने घोषणा गरेका थिए।

अब्रामोभिचले सन् २००३ मा चेल्सी फुटबल क्लब किनेका थिए । क्लबले पाँच पटक इङ्लिस फुटबल च्याम्पियनसिप, तीन पटक इङ्लिस कप र दुई पटक यूईएफए च्याम्पियन्स लिग र यूईएफए युरोपा लिग जितेको छ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.