चोटका कारण एकदिवसीय विश्वकपबाट बाहिरिएका यी स्टार खेलाडी
काठमाडौंँ । न्यूजिल्याण्डका स्टार अलराउन्डर माइकल ब्रेसवेल बेलायतको घरेलु टी–२० खेल्ने क्रममा घाईते भएका छन् । उनको दाहिने एकिलिसमा चोट लागेको छ । जसकारण ब्रेसवेल भारतमा हुने एकदिवसीय विश्वकप २०२३ बाट बाहिरिएका छन् । ब्रेसवेलको यही बिहीबार बेलायतमा शल्यक्रिया हुने र त्यसपछि उनले ६ देखि ८ महिनासम्म आराम गर्ने बताइएको छ ।
न्यूजिल्याण्डका अर्का स्टार खेलाडी केन विलियम्सन पनि एकदिवसीय विश्वकपबाट लगभग बाहिरिने भएकाले टोलीलाई यो दोस्रो ठूलो झट्का लागेको छ । आईपीएल २०२३ को पहिलो खेलमा केन विलियम्सन घाइते भएका थिए । उनी विश्वकपबाट बाहिरिने पक्का छ । न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टेडले ब्रेसवेलको स्वास्थ्य लाभको कामना गरेका छन् ।
अलराउन्डर माइकल ब्रेसवेलले अहिलेसम्म न्यूजिल्याण्डका लागि ८ टेस्टमा १९.९२ को औसतले २ सय ५९ रन र २४ विकेट लिएका छन् । योसँगै उनले १९ एकदिवसीय खेलमा ५ सय १० रन र १५ विकेट लिएका छन् । उनले १६ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ सय १३ रनसहित २१ विकेट लिएका छन् ।

टिप्पणी लेख्नुहोस्