चोटका कारण नेयमारले दुई खेल गुमाउने
काठमाडौं । ब्राजिलियन स्टार नेयमारले कतार विश्वकप अन्तर्गत आगामी दुई खेल गुमाउने भएका छन् । एन्कल चोटको कारण उनले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका हुन् ।

नेयमारले सर्बिया विरुद्धको खेलमा चोट बोकेका थिए । उनी खेलको ८० औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उक्त खेलमा ब्राजिलले २–० गोलको जित निकालेको थियो ।

ब्राजिलका फिजियो रोड्रिगो लास्मारले नेयमारको दाहिने घुँडाको टेष्ट गरिएको र चोटका कारण उनले सोमबार स्वीट्जरल्याण्डविरुद्ध हुने खेल खेल्न नसक्ने बताएका छन् ।

तर, उनले दोस्रो मात्र नभई समूह चरणको तेस्रो खेलमा पनि खेल्नेमा शंका रहेको छ । यसको बारेमा मेडिकल टोलीले हतारमा कुनै पनि निर्णय लिएको छैन । नेयमारसँगै टोलीका राइट ब्याक डानिलोको बायाँ खुट्टामा पनि चोट लागेको छ र उनी पनि दोस्रो खेल खेल्न सक्ने छैनन् ।

टिप्पणी लेख्नुहोस्