चोटबाट फर्किएका नाडालको म्याड्रिडमा जित
काठमाडौं । चोटबाट फर्किएका स्पेनिस टेनिस स्टार राफेल नाडालले राम्रो सुरुवात गरेका छन् । उनले मियोमिर केस्मानोभिकलाई सोझो सेटमा हराएर मड्रिड ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन्।
बुधबार घरेलु मैदानमा भएको खेलमा नाडालले ६-१, ७-६ को जित हात पारे।
जितपछि नाडाल च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको खेल हेर्न गएका थिए ।
नाडालले भने, ‘चोटबाट फर्किएपछि म सधैं र धेरै खेल खेल्न चाहन्छु किनकी म आफ्नो उत्कृष्ट फर्ममा फर्कन चाहन्छु ।' उनले भने, ‘ आत्मविश्वास बढाउन मेरो लागि जित निकै महत्वपूर्ण छ ।'
यसअघि डिफेन्डिङ च्याम्पियन अलेक्ज्याण्डर ज्वेरेभले मारिन सिलिकलाई ४-६, ६-४, ६-४ ले हराउँदै तेस्रो चरणमा प्रवेश गरेका थिए । अब उनले अमेरिकाका सेबास्टियन कोर्डासँग खेल्नेछन्।
प्रतियोगितामा स्टेफानोस सित्सिपासले लुकास पाउलीलाई र आठौं वरियताका फेलिक्स औगर एलियासिमले क्रिस्टियन गारिनलाई हराए ।
क्वालिफायर दुसान लाजोभिकले पाँचौं वरियताका क्यास्पर रुडलाई पराजित गरे भने नवौं वरियताका क्यामरुन नउरीले अमेरिकाका जोन इस्नरलाई हराए ।

टिप्पणी लेख्नुहोस्