चौथो राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता बैशाखमा
काठमाडौं । नेपाली युथ फिट्नेस तथा केलिस्थेनिक्सको आयोजनामा चौथो राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता बैशाख ३ गते हुने भएको छ ।
प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष सुकदेव कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
बार वार्कआउट र सर्किट वार्कआउट गरी दुई समूहमा खेल हुनेछ । बारमा ४ र सर्किटमा ६ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै १० स्पर्धामा गरेको प्रदर्शनका आधारमा ओभरअल च्याम्पियन घोषणा गरिने छ । ओभरअल च्याम्पियनलाई ‘फिटेस्ट एथलिट’ को उपाधिसंगै ५१ हजार नगद पुरस्कार प्रदान गरिने छ । हरेक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् ।
पुरुषमा १ सय ८६ तथा महिलामा २९ खेलाडी सहभागी हुने छन् । महिलाले सर्किट वार्कआउटमा मात्र भाग लिने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । पिलान्टोको साझेदारीमा हुने लागेको प्रतियोगिताका खेल सानोगौचरणमा हुने छ ।

टिप्पणी लेख्नुहोस्