लेख विवरण

च्याम्पियनस लिगको फाइनल पेरिसमा हुने

च्याम्पियनस लिगको फाइनल पेरिसमा हुने

काठमाडौं । युक्रेन र रुसबीच भइरहेको तनावका कारण मे २८ मा सेन्ट पिटर्सबर्गमा हुने भनिएको च्याम्पियनस लिगको फाइनल स्थगित भएको छ । अब प्रतियोगिताको फाइनल पेरिसमा हुनेछ ।

यूइएफएले शुक्रवार प्रतियोगिताको फाइनल फ्रान्सको राजधानी पेरिसमा हुने जनाएको छ । यसअघि उक्त खेल इङल्यान्डको राजधानी लन्डनमा आयोजना हुने अडकल गरिएको थियो ।

यूइएफएका अनुसार रुस र युक्रेनका क्लबहरुले अघिल्लो सुचना नआएसम्म तटस्थ स्थानमा आफ्नो घरेलु खेल खेल्ने छन । यसका साथै यी दुबै राष्ट्रहरुले आफ्नो अन्तराष्ट्रिय खेलहरुको आयोजना पनि तटस्थ स्थानमा गर्नेछन । सेन्ट पिटर्सबर्गसँग लगातार दोस्रो पटक फाइनल आयोजना गर्ने अधिकारी खोसिएको हो । पछिल्लो बर्ष कोरोना माहामारीका कारण रुसले प्रतियोगिताको फाइनल आयोजना गर्न सक्षम भएको थिएन । जसकारण पोर्चुगलले उक्त प्रतियोगिता आयोजना गरेको थियो । अघिल्लो फाइनलमा चेल्सीले म्यान्चेस्टरलाई पराजित गर्दै उपाधि जितेको थियो ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.