च्याम्पियन्स लिगको सेमिफाइनल एसी मिलान इन्टर मिलानसँग पराजित
काठमाडौंँ । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा इटालीका शीर्ष क्लब एसी मिलान इन्टर मिलानसँग पराजित भएको छ । सान सिरो रंगशालामा भएको खेलमा इन्टरले सात पटकको लिग विजेता एसी मिलानलाई २–० ले हराएको हो ।
खेलको सुरुवात मै इन्टरले तीन मिनेटको अन्तरालमा दुई गोल गर्दै एसी मिलानको डिफेन्समाथी दबाब सिर्जना गरेको थियो । टोलीका लागि पहिलो गोल आठौं मिनेटमा एडिन जेकोले गरेका थिए । त्यसको तीन मिनेटपछि फेडेरिको डिमार्कोजको पासमा मख्तारियनको गोल गर्दै टोलीलाई २–० अग्रता दिलाए । केही समयपछि काल्होनोग्लुले तेस्रो गोल गर्ने मौका पाएका थिए तर उनको प्रयास असफल रह्यो। इन्टरले दोस्रो हाफमा पेनाल्टी मार्फत पुनः गोल गर्ने अवसर पाएको थियो तर पिचसाइड मोनिटरमा रिभ्यु गरेपछि रेफ्रीले त्यसलाई अस्वीकार गरेका थिए ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा यी दुई टोली अन्तिम पटक २० वर्षअघि आमनेसामने भएका थिए, जसमा एसी मिलानले गोल औसतका आधारमा इन्टरलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने युभेन्टसलाई हराउँदै सातमध्ये छैटौं उपाधि जितेको थियो ।
जितपछि इन्टरका प्रशिक्षक सिमोन इन्जाघीले भने, 'हामी यसरी नै खेल्न चाहन्छौं । हामी थाहा छ कि टोलीले गत वर्षको अगस्टबाट देख्न सुरु गरेको सपना पूरा हुनबाट केवल एक कदम टाढा छ।' सेमिफाइनलको दोस्रो लेगको खेल मंगलबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्