लेख विवरण

छानविन समितिले सदस्य सचिवलाई बुझायो प्रतिवेदन

छानविन समितिले सदस्य सचिवलाई बुझायो प्रतिवेदन

काठमाडौं । नारायणी रंगशाला जग्गा मुआब्जा एवं सट्टापट्टा छानविन उपसमितीले सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव समक्ष प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवं राखेप सदस्य मानदेव हजाराले सदस्य सचिव टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएका हुन ।

राखेपले नारायणी रंगशाला भित्र आफ्नो जग्गा परेको भनि विभिन्न ब्यक्तिहरुले उक्त जग्गाको उचित मुआब्जा वा सट्टापट्टा माग गरेकोमा राखेपको ९३औं बोर्ड बैठकबाट उपरोक्त जग्गाहरु सट्टापट्टा गर्ने निर्णय भए बमोजिम जग्गाको मुआब्जा वा जग्गा बराबरको सट्टापट्टा गर्न जग्गाधनीसंग आवश्यक छलफल र वार्ता गर्न हजाराको संयोजकत्वमा समिति गठन गरेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.