छैठौं चितवन च्याम्पियनसिप कप मंगलवारदेखी
काठमाडौंँ । एभरेष्ट क्लब चितवनको आयोजनामा छैठौं चितवन च्याम्पियनसिप कप–२०८० आयोजना हुने भएको छ । भरतपुर जुनियर प्रहरी अधिकृत शिक्षालयको मैदानमा हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजक एभरेष्ट क्लबले आइतवार पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
प्रतियोगितामा आयोजक एभरेष्ट क्लब चितवन, अभिषेख चर्च रजहर, नारायणी मोटर युनिक एफसी, सेन्ट्रल कलेज रोड्स रामपुर, हर्दि युवा समाज भण्डारा, जेपिओसी तालिम केन्द्र, गैडाकोट फुटबल क्लब, केबिए ग्लोबल बिएफसी, स्टार स्पोटर्स क्लब बरुवा माडी, सुर्यपुर फुटबल क्लब कालिका–१, त्रिवेणी युवा क्लब मुग्लिङ, बिवाइसी जु एफसी जुगेडीको सहभागिता रहने छ ।
प्रतियोगिताको उद्घाटन खेल मंगलवार (भोली) अभिषेख चर्च रजहर र नारायणी मोटर युनिक एफसीबीच हुनेछ । खेल बेलुकी ४ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद रु ३ लाख सहित प्रमाण–पत्र र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुनेले नगद रु १ लाख पचास हजार प्रमाण–पत्र र मेडल पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, उत्कृष्ट प्रशिक्षक, रक्षक, मिड फिल्डर, किपर र हाई स्कोररले रु १० हजार प्राप्त गर्नेछन् । त्यस्तै रहेक खेलको म्यान अफ द म्याचलाई रु ५ हजार पाउने भएका छन् ।

टिप्पणी लेख्नुहोस्