जयपुर जाने कराते टोलीलाई बिदाई
काठमाडौं । भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन)को टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरेका छन । टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झदै प्रतिस्पर्धा गर्न र राष्ट्रको लागि पदक प्राप्त गर्न शुभकामना ब्यक्त गरे ।
प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक ब्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन् । जुन १४ देखि २२ सम्म हुने प्रतियोगिताको खेलाडीहरुमा बर्षा के.सी, झरना के.सी, एन्जीला राई, सर्मिला वाईवा, बर्ष बुढा मगर, पुष्पका लामा, अरिका गुरुङ्, सुरोज राजबाहक, शाहिल घले, रुपक श्रेष्ठ, सम्मान श्रेष्ठ, साजन बल, सन्तोष श्रेष्ठ, सुरेन्द्र तामाङ्, पासाङ् ग्याल्जेन थोकर, संजय महर्जन, रहेका छन् । यस्तै ब्यवस्थापकमा संजय महर्जन, अफिसियलमा पुरुषोत्तम महर्जन, रेफ्रि तर्फ बिकास राजवाहक, गोविन्द श्रेष्ठ, नविन महर्जन, दिनेश तामाङ रहेका छन् । टोली शुक्रबार विहान त्यस तर्फ प्रस्थान गरेको छ ।

टिप्पणी लेख्नुहोस्