लेख विवरण

जर्मनीका खेलाडीहरुले २ रातका लागि प्रेमिका वा श्रीमतीलाई साथमा राख्न पाउने

जर्मनीका खेलाडीहरुले २ रातका लागि प्रेमिका वा श्रीमतीलाई साथमा राख्न पाउने

काठमाडौं । स्पेनसँगको जितपछि जर्मनीका खेलाडीहरुले खुसीको खबर पाएका छन् । उनीहरुले प्रतियोगिताको अरु खेलअघि आफ्ना श्रीमती वा प्रेमिकासँग होटलमा २ रात बिताउन पाउने भएका छन । स्पेनसँग १–१ को बराबरी खेल्दै जर्मनीले फिफा विश्वकपमा आफ्नो आशा जीवित राखेको छ । अब प्रतियोगितामा रहन टोलीका लागि अगाडिका हरेक खेलहरु निकै महत्वपूर्ण रहने छ ।

एक रिपोर्टका अनुसार जर्मन खेलाडीहरुले होटलमा २ रात प्रेमिका वा श्रीमतीलाई साथमा राख्ने अनुमति पाएका छन् । स्पेनसँगको बराबरीपछि जर्मन खेलाडीहरूले आफ्ना श्रीमती र प्रेमिकालाई टोलीको लक्जरी रिसोर्टमा आउन निम्तो दिएका छन।

स्पेन विरुद्धको खेलमा जर्मनी खेलाडीका श्रीमती र प्रेमिकाहरु सोफी वेबर, इसाबेल लगायतका ले स्ट्यान्डमा उभिएर टोलीलाई सर्मथन गरेका थिए । खेलाडीका श्रीमती र प्रेमिकाहरूले अब जर्मन टोली रहेको होटलसम्म पुग्नका लागि करिब १११ किलोमिटर यात्रा गर्नुपर्ने भएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.