जापान जाने कराते टोलीको बिदाइ
काठमाडौं । पन्ध्रौं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन शनिवार जापान जान लागेका २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिहीवार बिदाइ गरे ।
साउन १६ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जंगम र महिला ५५ केजीमुनि अद्रिना थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । टोली प्रमुखमा नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक एवं अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकमा लीलाराज डाँगी रहेका छन् ।

टिप्पणी लेख्नुहोस्