जावलाखेल ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लियो
काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै जावलाखेल युथ क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा शनिबार भएको खेलमा जावलाखेलले मनाङलाई ३–० गोलले स्तब्ध बनायो ।
जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । अर्को गोल फोडे फोफानाले थपेका थिए । जितसँगै जावलाखेलले नौ खेलबाट १७ अंक बनाएको छ । १५ अंक बनाएमो मनाङ तेस्रो स्थानमा छ ।
यस्तै दशरथ रंगशालामा भएको अर्को खेलमा साविक विजेता मच्छिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) सँग बराबरी खेल्दै अंक बाँडेको छ । मच्छिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । मच्छिन्द्रले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।
मच्छिन्द्रका लागि ओमालाजा नुरेन करिमले ३९औं मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि ६७औं मिनेटमा एनआरटीका स्टेफन जुनियरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै मछिन्द्रले नौ खेलबाट १३ अंक बनाएको छ । एनआरटीको सात अंक छ ।

टिप्पणी लेख्नुहोस्