लेख विवरण

जिएचसीएको ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका मिहिराज

जिएचसीएको ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका मिहिराज

काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा श्रीलंकाका अनुभवी मिहिराज वासन्थालाई नियुक्त गरेको छ । बुधबार एकेडेमीले ब्याटिङ कन्सल्टेन्टमा तीन महिनाको लागि वासन्थालाई अनुबन्ध गरेको जनाएको हो ।

उनले मे २०२२ देखी जुलाई सम्म प्रशिक्षण दिने एकेडेमीले जनाएको छ । प्रशिक्षक मिहिराजले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को लेभल थ्री कोर्ष गरेका छन् ।

मिहिराजले श्रीलंका, दुबई, इंग्ल्यान्ड र भारतमा समेत प्रशिक्षकको रूपमा काम गरेका छन् । उनीसँगै १५ वर्ष क्रिकेट प्रशिक्षकको रुपमा काम गरेको अनुभव भएको एकेडेमीले जनाएको छ ।

मिहिराजले श्रीलंकाको राष्ट्रिय महिला क्रिकेट टोलीको सहायक प्रशिक्षकको रूपमा समेत काम गरेका छन् । ललितपुरको हात्तीवन र काठमाडौंको शान्तिनगरमा एकेडेमी सञ्चालनमा रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.