लेख विवरण

जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडौंँ । १३औँ जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नव जनजागृति युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको पहिलो खेलमा आयोजक आयोजक नव जनजागृति युवा क्लब र बिएफसी चितवन भिड्ने भएका छन । उद्घाटन खेल चैत ९ गते साझ ६ बजेबाट सुरु हुनेछ । खेलहरु सिमरा रंगशालामा फ्लड लाइटमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पाँच ए डिभिजन र मोफसलका पाँच क्लबले सहभागिता जनाउने भएका छन । प्रतियोगिताका विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल हात पार्नेछन् । यस्तै, विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

साबिक विजेता न्युरोड टिम (एनआरटी), एपिएफ, हिमालयन शेर्पा, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ, बिएफसी चितवन, मकवानपुर–११ हेटौँडा, बागमती युवा सर्लाही, वीरगन्ज युनाइटेड र आयोजक नव जनजागृति युवा क्लबले प्रतियोगितामा सहभागिता जनाउने भएका छन ।

No photo description available.

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.