जिम्बाब्वेका पूर्व कप्तान हिथ स्ट्रीक क्यान्सरबाट पीडित
काठमाडौंँ । जिम्बाब्वेका पूर्व कप्तान हिथ स्ट्रीक क्यान्सरसँग लडिरहेका छन् । उनी गम्भीर बिरामी भएका छन् । हाल उनको दक्षिण अफ्रिकामा उपचार भइरहेको छ । उनलाई पेट र कलेजोको क्यान्सर छ । अहिले देश र विश्वभरका फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । जिम्बाब्वेका खेलकुद मन्त्रीले ट्वीट गर्दै लेखेका छन्, ‘हिथ स्ट्रीक अन्तिम बिन्दुमा छन । उनको परिवार बेलायतबाट दक्षिण अफ्रिका जाँदैछ। यस्तो देखिन्छ कि अब केवल एक चमत्कारले उनलाई बचाउन सक्षम हुनेछ।' हिथ स्ट्रीकले झण्डै १३ वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेको प्रतिनिधित्व गरेका थिए।
जिम्बाब्वेका अलराउन्डर सेन विलियम्सले पनि हिथ स्ट्रीकसँग सम्बन्धित कुरा बारे पुष्टि गरेका छन् । क्रिकबजसँग कुरा गर्दै सीन विलियम्सले भने, ‘उनले हेथ स्ट्रीकबाट सन्देश पाएका छन् । सीन विलियम्सले थप भने, ‘हिथ स्ट्रीकलाई कोलोन र लिभरमा क्यान्सर छ जुन स्टेज–४ मा छ । मलाई यति थाहा छ कि हिथको परिवारलाई दक्षिण अफ्रिकामा उनलाई भेट्न बोलाइएको थियो। मलाई यसको बारेमा अरु कुनै जानकारी छैन। मैले हेथलाई टेक्स्ट गरे जसले जवाफ दिए। तर म पक्का छु कि यस चरणमा परिवारले गोपनीयता चाहन्छ। हेथ मेरो गुरु हो र उसले धेरै मानिसहरूको लागि धेरै राम्रो काम गरेको छ। उहाँ निको होस् भनेर हामी प्रार्थना गर्छौं।'
हेथ स्ट्रीकले जिम्बाब्वेको टेस्ट र एकदिवसीयमा कप्तानी गरेका छन्। उनी सन् २००० मा जिम्बाब्वे क्रिकेट टोलीको टेस्ट र एकदिवसीय कप्तान बने। हिथ स्ट्रीक सन् २००४ सम्म आफ्नो टोलीको कप्तान बने । यस अवधिमा उनले जिम्बाब्वेको २१ टेष्ट खेलमा कप्तानी गरेका थिए जसमा ४ जित, ११ हार र ६ खेल बराबरी भएका थिए । यसबाहेक उनले सन् २००० देखि २००४ सम्म ६८ ओडीआईमा जिम्बाब्वेको नेतृत्व गरेका थिए । जसमा १८ खेलमा जित, ४७ हार र ३ खेलको नतिजा आएको थिएन । हिथ स्ट्रीकले जिम्बाब्वेका लागि ६५ टेस्टमा १ हजार ९ सय ९० र १८९ एकदिवसीयमा २ हजार ९ सय ४३ रन बनाएका छन् । उनको नाममा टेष्टमा एक शतक पनि छ ।

टिप्पणी लेख्नुहोस्