लेख विवरण

जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा थापा

जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा थापा

काठमाडौं । खेलकुद विकास परिषद् बागमती प्रदेशले भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा दीपक थापालाई मनोनयन गरेको छ ।

यसअघि अध्यक्ष नियुक्त भएका श्रीभक्त कासिछ्वालाई हटाएर सूर्य विनायक नगरपालिका–५ कटुञ्जे निवासी थापालाई अध्यक्ष पदमा मनोनयन गरेको हो ।

उनलाई प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ को उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ को नियम ३ को उपनियम (१) मा व्यवस्था भएबमोजिम मनोनयन गरेको परिषद्ले जनाएको छ ।

थापालाई दुई वर्षका लागि मनोनयन गरिएको परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.