जुडो दिवस मनाइयो
काठमाडौं । नेपाल जुडो संघले विविध कार्यक्रम आयोजना गरी विश्व जुडो दिवस मनाएको छ ।
खुशीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा खेलाडीको प्रदर्शनी खेल र चियापान कार्यक्रम आयोजना गरी जुडो दिवस मनाइएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
उक्त अवसरमा नेपाल जुडो संघका पदाधिकारी, डोजाङ र विभागीय टिमका खेलाडी, विदेशी पाहुना, प्रशिक्षकलगायतको उपस्थिति थियो । जुडो खेलका जन्मदाता जिगारो कानोको जन्म दिनको अवसरमा अन्तराष्ट्रिय जुडो महासंघ (आईजेएफ)को आह्वानमा जुडो दिवस विश्वभर अक्टोबर २८ मा मनाईने गरिन्छ ।

टिप्पणी लेख्नुहोस्