जेभियरलाई भ्याली पब्लिक कपको उपाधि
काठमाडौं । जेभियर इन्टरनेसनल कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
सोमवार भएको फाईनलमा जेभियरले आयोजक भ्याली पब्लिकलाई ५५–३७ ले पराजित गर्यो । जेभियरका लागि सम्राट भूमिले १६ अंक जोडे । प्रतियोगितामा जेभियरका सम्पन्न गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको प्रतियोगितामा साइपाल एकेडेमी तेश्रो भएको छ । साइपालले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४८–३१ ले हरायो । साइपालका लागि साहिल तामाङले १७ अंक जोडे ।
पुस २१ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । विगत लामो समयदेखि अन्तरविद्यालयस्तरीय बास्केटबल प्रतियोगिता आयोजना गर्दै आएको भ्याली पब्लिकले पहिलो पटक अन्तरकलेज बास्केटबल आयोजना गरेको हो ।

टिप्पणी लेख्नुहोस्