लेख विवरण

जेभियर र साइपाल फाइनलमा

जेभियर र साइपाल फाइनलमा

काठमाडौंँ । जेभियर इन्टरनेसनल कलेज र साइपाल एकेडेमी छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत गर्ल्स बास्केटबलमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

जेभियरले ह्वाइटहाउसलाई ३१–१६ ले पराजित ग¥यो । जेभियरको जितमा कृति चौधरी र पासी शेर्पाले समान ६–६ अंक योगदान गरे । अनिता सुनुवारको १२ अंक सहयोगमा साइपालले रिलायन्सलाई २७–६ ले हरायो ।

ब्वाइज बास्केटबलमा सीसीआरसी र हिमालयन ह्वाइटहाउसले उपाधि भिडन्त पक्का गरे । सीसीआरसीले नवोदितलाई ६१–४८ ले पाखा लगायो । सीसीआरसीका समिप क्षेत्री र प्रनिश तिमल्सिनाले समान १६–१६ अंक जोडे । ह्वाइटहाउसले गोल्डेनगेटलाई ५२–२१ ले पन्छायो । विजेताका रोहन मगरले १३ अंक जोडे ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.