जोकोविचले छैठौं पटक जिते एटीपीको उपाधि
काठमाडौं । सर्बियाका टेनिस स्टार नोवाक जोकोविचले छैठौं पटक एटीपीको उपाधि जितेका छन्। जोकोविचले फाइनलमा नर्वेका क्यास्पर रूडलाई पराजित गरे।
जोकोविचले आइतवार खेलिएको फाइनलमा रूडलाई ७-५, ६-३ ले हराएर ४.७ मिलियन डलर हातपारे । यो स्पर्धा करिब ९३ मिनटसम्म चलेको थियो। साथै उनले स्विस दिग्गज रोजगर फेडररको रेकर्ड बराबरी गरेका छन्, जसले छ पटक एटीपीको उपाधि आफ्नो नाम गरिसकेका छन्।
जोकोविचले सन् २००८ संघाईमा आफ्नो पहिलो एटीपी फाइनलको उपाधि जितेका थिए। त्यसपछि उनले २०१३/१४/१५ मा उपाधि जितेका थिए। उनी प्रतियोगिताको इतिहासमा सबैभन्दा धेरै उमेर भएका च्याम्पियन पनि हुन्।

टिप्पणी लेख्नुहोस्