ज्ञान निकेतनको सफल सुरुआत
काठमाडौं । आयोजक ज्ञान निकेतन स्कुलले २० औं ज्ञान निकेतन कप बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।
ज्ञान निकेतनले नेरिक एकेडेमीलाई ३४–२७ ले पराजित ग¥यो । विजेताका तुसार महर्जनले १७ स्कोर गरे । अन्य खेलमा मनासलुले केएमसीलाई २१–१९, बुद्ध एकेडेमीले काठमाडौं जेभियरलाई ५१–४० तथा एन्जल लर्डले पुष्प वाटिकालाई २६–११ ले हरायो । मनासलुका नरिनसिंह धामीले १७, बुद्ध एकेडेमीका गेलेक छाक्पा शेर्पाले २३ तथा एन्जल लर्डका रवि कार्कीले ९ अंक जोडे ।
जुनियर ब्वाइजमा युनिक नेपालले नेरिकलाई ११–७ तथा काठमाडौं जेभियरले केएमसीलाई १२–१० ले पन्छाए । युनिका सजित रिमालले ६ तथा काठमाडौं जेभियरका सुविन बस्नेतले ९ अंक जोडे ।
सिनियर गर्ल्समा इनोभेटिभले मनासलुलाई १८–१० ले पाखा पराजित ग¥यो । विजेताकी कुमल विद्याले १३ अंक जोडिन् ।

टिप्पणी लेख्नुहोस्