लेख विवरण

झापा फुटबल क्लबलाई गृह जिल्लामा सम्मानित

झापा फुटबल क्लबलाई गृह जिल्लामा सम्मानित

बिर्तामोड । ‘सी’ डिभिजन च्याम्पियन बन्दै ‘बी’ डिभिननमा बढुवा भएको झापा फुटबल क्लबलाई गृह जिल्लामा सम्मान गरिएको छ । झापा गोल्डकप आयोजक समितिले झापा फुटबल क्लबका खेलाडी तथा अफिसियललाई शुक्रबार नगद सहित सम्मान गरेको हो ।

जेठ २० गते सम्पन्न ‘सी’ डिभिजन लिगमा झापा फुटबल क्लब च्याम्पियन बनेको थियो । खेलाडी तथा अफिसियलको हौसलाका लागि नगदसहित सम्मान गरिएको झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले बताए । खेलाडी तथा अफिसियल ३० जनालाई जनही ११ हजार रुपैयाँ सहित सम्मान गरिएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले खेलाडी र अफिसियललाई सम्मान गरे । कार्यक्रममा झापा ११ का पूर्वअध्यक्ष जलकुमार गुरुङ, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारीलगायतले झापाली माटो फुटबलको क्षेत्रमा उर्बर रहेको धारणा राखेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.